‘पोई पर्यो काले’ पछि सौगात ‘राम राम’ मा अनुबन्धित
शिशिर राणाको निर्देशनमा निर्माण हुने फिल्म ‘पोई पर्यो काले’ साइन गरेका अभिनेता सौगात मल्लको फिल्ममा पनि अनुबन्धित भएका छन् । उनि शुक्रबार मात्र सुवर्ण थापाको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘राम राम’ मा अनुबन्धित भएका हुन् । केहि समयको ग्यापपछि सौगात धमाधम फिल्ममा काम गर्ने मुडमा पुगेका छन् । सौगातले दुई तिन दिनको बिचमा २ वटा फिल्ममा अनुबन्धित भएका हुन् ।

कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि शुक्रबार नै अनुबन्धित गरेको हो । सुवर्ण र सौगातले यसअघि फिल्म ‘फन्को’ मा एकसाथ काम गरेका थिए । डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा कथा तथा पटकथाकार दिनेश महतको रहनेछ । मुख्य कलाकारको रुपमा सौगात मल्ल मात्रै पक्का भएका छन् ।

भने दशैबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अन्य कलाकारहरुको छनोट भैरहेको पटकथाकार दिनेश महतले बताए । राम राममा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ । कथाकार महतका अनुसार फिल्म निर्माण अगावै विभिन्न देशमा फिल्मकोे विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ ।
For More videos Log on to Mazzako TV







