टीका भण्डारीको सङ्गीतमा ‘जीवनसाथी’ (भिडियो)

गायक नारद दाहालको ‘जीवन साथी‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतलाई किरण बालिकोट र आशिष प्रशाइले संयुक्त रूपमा निर्देशन गरेका हुन । टीका भण्डारीको सङ्गीत रहेको गीतको भिडियोमा आशिष रिजालको छायांकन समावेश गरिएको छ । गीतमा मोडेल अभिलाषा शर्मा र निकेश बरालको अभिनय रहेको छ ।








