विष्णु माझीको स्वरमा ‘बलिदान’,बनाउँदा ८ लाख (भिडियो)
आफ्ना दुईवटा गीत युट्युबको करोड भिउज क्लबमा पार्न सफल गायिका हुन् “विष्णु माझी”। उनको ‘सालको पातको टपरी’ र ‘लालु माई’ त्यस सुचीमा पर्छन् । अहिले उनको स्वरमा नयाँ गीत ‘बलिदान’ बजारमा आएको छ । लोक दोहोरी क्षेत्रमा उनले पाएको यस्तो सफलता बिरलै देख्न सकिन्छ । त्यसैले पनि बिष्णु माझीको आवाजमा सजिएको गीतमा जती नै लगानी गर्न पनि पछी पर्दैनन् निर्माता हरु ।उक्त गीतमा बिष्णुका अलावा गणेश अधिकारीको स्वर रहेको छ । गीतको शब्द र लय पनि गणेश अधिकारीकै जिम्मामा छ । गीतको एरेन्ज भने बिनोद बाजुराली ले गरेका हुन् ।

म्युजिक भिडियो तर्फ मोडल विमल अधिकारी, सारिका केसी, ओबी रायमाझीलगायतले अभिनय गरेका छन् । भिडियोको छायांकन सुरेश श्रेष्ठले र निर्देशन कपिल लामाले गरेका छन् । सुजन शाहीले भने सम्पादनको पाटो सम्हालेका छन् ।

योग्सना म्युजिक प्रालिले निर्माण गरेको उक्त गीतको भिडियो बनाउन आठ लाख रुपैयाँभन्दा बढी खर्च भएको दाबी छ । उक्त म्युजिक भिडियोमा हेलिकप्टर पनि प्रयोग गरिएको छ । निर्माण टिमका अनुसार उक्त गीतको भिडियो सबैभन्दा महंगो नेपाली म्युजिक भिडियोमा पर्छ ।