जात्रै जात्राको फस्टलुकमा के छ ?

जेठको ३ गतेबाट रिलिज हुन लागेको सिनेमा जात्रै जात्राको फस्टलुक आज रिलिज भएको छ । सिनेमाको फस्टलुकले दर्शकमा उत्साह बढाएको छ । जात्रा सिनेमा हिट भएको थियो । जात्रै जात्रा जात्राको सिक्वेल हो ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो सिनेमामा रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता छन् । सिनेमा जात्रै जात्राको फस्टलुकमा कतै पारिवारिक कथा देखाइएको छ भने कतै कमेडी ।

सिनेमामा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बनियाँ, रविन्द्र झा, बर्षा राउत, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । यो सिनेमालाई यज्ञश्वर पौडेल र सिंगे लामाले लगानी गरेका हुन् ।
