दोश्रो हप्तामा कस्तो छ ए मेरो हजुर ३ को रफ्तार ?
आजबाट फिल्म ए मेरो हजुर ३ दोश्रो हप्तामा प्रवेश गरेको छ । पहिलो साता बम्पर कमाई गरेको सिनेमाले दोश्रो साता व्यापारिक रफ्तारलाई कस्तो राखेको होला ? शुक्रबारबाट बलिउड सिनेमा कलंक रिलिज भएको छ । हलमा कलंकको प्रभाव केही देखिएपनि ए मेरो हजुर ३ को हकमा भने यो लागू भएको छैन ।

सिनेमाले शनिबार देशभर नै सुखद कमाई गरिरहेको छ । मल्टिप्लेक्समा शुक्रबार पनि केही सोज सोल्ड आउट भैसकेका छन् । शनिबार सिनेमाको व्यापार आक्रामक हुने अपेक्षा गरिएको छ । सिनेमाले पहिलो सातामा करिब ६ करोडको आसापसमा ग्रस कलेक्शन गरेको अनुमान गरिएको छ ।
झरना थापाको निर्देशनमा तयार भएको यो सिनेमामा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ ।








