प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको टाइटल गीत ‘जीवन जात्रा हो’ शुक्रबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बिपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा प्रस्तुत छन् । अर्जुन भट्टराईको शब्द रहेको गीतमा स्वर र संगीत कालीप्रसाद बास्कोटाको छ ।

निर्देशक भट्टराईकै कथा रहेको फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झासंगै दयाहाङ राई, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतको अभिनय छ । फिल्म आउँदो जेठ ३ मा रिलिज हुदैछ ।

कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहको फिल्ममा सिङ्गे लामा र यगेश्वर पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठको छायाँकन रहेको फिल्मलाई मित्र डि. गुरुङको सम्पादन रहेको छ । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा ‘जात्रा’ जहाँ सकिएको थियो त्यहीँबाट सुरु हुन्छ ।

For More videos Log on to Mazzako TV