‘पोई पर्याे काले’ मा सौगात अनुबन्धित
शिशिर राणाको निर्देशन रहने फिल्म ‘पोई पर्याे काले’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यसअघि फिल्ममा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा फाइनल भैसकेका छन् ।
यसै फिल्म मार्फत पुजा र सौगातले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् । फिल्ममा पुजा शर्मा बाहेक अर्की एक नायिका रहने छिन् ।

यो फिल्मको लागि पुजा शर्माले महंगो पारिश्रमिक लिएपछि अहिले यो बिषयमा निकै चर्चा भैरहेको छ । उनले फिल्मको लागि २० लाख लिएसंगै नेपालकै महंगी नायिका बनेकी हुन् । आकाश श्रेष्ठले पनि १८ लाख लिएका छन् । फिल्मको छायांकन जेठबाट सुरु गरिने छ भने कात्तिक ८ गते लक्ष्मी पुजाबाट अलनेपाल एकसाथ प्रदर्शनमा आउँने तयारी छ ।
For More videos Log on to Mazzako TV