अभिनेता पल शाह अभिनित सिनेमा हृदयभरीको अहिले धमाधम छायांकन भैरहेको छ । यो सिनेमामा मिस नेपाल बनेकी एक यूवती र एक यूवकको प्रेमकथालाई उठाइएको छ । पल शाह अभिनित यो सिनेमाको रिलिज मिति भदौ २७ लाई तय गरिएको छ ।

भदौ २७ मा सिनेमा रिलिज गर्ने तय भैसकेको अवस्थामा अब भने यो सिनेमाका निर्देशक सुरज सुब्बालाई केही तनाव उत्पन्न भएको छ । यो मितिमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित सिनेमा सम्हालिन्छ कहिले मन पनि रिलिज हुने चर्चा छ ।

हालैमात्र लण्डनको छायांकन सकाएर फर्किएको यो टिमले भदौ २७ मा फिल्म ल्याउने तयारी गरिरहेको छ । यस्तो भएको खण्डमा म यस्तो गीत गाउँछुमा एकसाथ काम गरेका पल र पूजाको भिडन्त बक्स अफिसमा हुनेछ ।

For More videos Log on to Mazzako TV