सिनेमा कलंक रोकिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको कामको तारिफ भैरहेको छ । केशवले यो सिनेमा शुक्रबार नै ल्याउनुपर्ने अडान राखेपछि भोलीबाट मात्र यो सिनेमा रिलिज हुँदैछ । जसले गर्दा यो सिनेमाको व्यापारलाई नेपाली बक्स अफिसमा असर पर्नेछ ।

केहीले यो सिनेमा केशवकै सिनेमा यात्रासँग आउने भएकाले पनि उनले रोकेको आरोप लगाइरहेका छन् । कलंक मात्र हो या अरु सिनेमा पनि यसरी रोकिन्छन् भन्नेमा पनि बहस भैरहेको छ । अझै पनि केही चाडपर्वमा नेपालमा शुक्रबार अघि नै सिनेमा रिलिज हुँदैछन् ।

यो समयमा बोर्डको कदम के हुने भन्ने बिषयमा चनाखो छन् फिल्मीकर्मी । के भट्टराइले कलंक बाहेक अरु सिनेमा पनि वुधबारअघि रिलिजमा रोक लगाउलान् ? सिनेमा भारत चाडै नै वुधबार रिलिज हुँदैछ । प्रतिक्षा गरौ ।

For More videos Log on to Mazzako TV