अभिनेता प्रदिप खड्का कबड्डी ३ मा नहुने भएका छन् । उनले यो सिनेमामा काम गर्ने चर्चा चलिरहेको थियो । तर, अब भने उनले यो सिनेमामा समय दिन नसक्ने बताएका छन् । प्रदिपका अनुसार, उनले समय दिन नसकेपछि यो सिनेमामा काम नगर्ने भएका हुन् ।

यो सिनेमाका लागि रामबाबु गुरुङ र प्रदिपविच लामो समयदेखि कुराकानी भैरहेको थियो । प्रदिपको हालै रिलिज सिनेमा लभ स्टेशन असफल भएका कारण पनि रामबाबु उनलाई यो सिनेमामा नलिने मनस्थितीमा पुगेको खबर सार्वजनिक पनि भैरहेका छन् ।

प्रदिपले भने वैशाखको पहिलो हप्तासम्म आफूले भ्याउने बताएको तर सिनेमाको छायांकन वैशाखको अन्तिममा पुगेपछि समय दिन नभ्याउने बताएका छन् । सिनेमामा दयाहाङ राईको मुख्य भूमिका रहने फाइनल छ । सिनेमाको छायांकन वैशाखको अन्तिममा सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV