चैत्र २९ बाट सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ को लभ गीत सार्वजनिक भएको छ । ‘फ्लाइङ्ग’ बोलको गीतमा क्युट नायिका मलिका महतसँग सलिनमान बनिया रोमान्टिक अवतारमा प्रस्तुत छन् । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतमा यी दुइको केमेष्ट्रि मज्जाको छ । गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

फिल्ममा सलिनले भ्लग मार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् । फिल्ममा सलिनसंगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

For More videos Log on to Mazzako TV