राजपाल, आर्यन र नीताको ‘कड्के कमाल के’ ट्रेलर (भिडियो)
बलिउड अभिनेता राजपाल यादव, नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगाना अभिनित फिल्म ‘कड्के कमाल के’ को ट्रेलर रिलिज गरिएको छ । फिल्मको ट्रेलर भारतको म्यूजिक कम्पनी जि म्यूजिक कम्पनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक झण्डै ३ मिनेट लामो ट्रेलरमा कमेडीले भरिएको छ ।

बलिउडका चर्चित कलाकार राजपाल यादवले आर्यन अधिकारीका मामाको भूमिकामा छन् । यता अभिनेता आर्यन अधिकारीलाई कमेडी, एक्सन र रोमान्टिक अवतार एकसाथ प्रस्तुत गरिएको छ । फिल्मलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् । ऐतवारी सिंहको लगानी रहेको फिल्ममा भारतका निर्माता आशिष राजे निर्माता हुन् ।
फिल्मको कथा निर्देशक सिंह र भि.के. सिंहले तयार पारेका हुन् । फिल्म मे २४ अर्थात् नेपाली मिति अनुसार जेठ १० गतेबाट नेपाल तथा भारतका प्रदर्शनमा आउँदैछ । फिल्ममा भारतकी चर्चित कलाकार ऊषा नाडकर्णी, दया शंकर पाण्डे, विजय पाटकर, राना जंग बहादुर लगायतको अभिनय छ ।








