यात्रामा सलिनको राम्रो काम
शुक्रबारदेखि रिलिज भएको सिनेमा यात्राबाट अभिनेता सलिनमान बनियाँले भने प्रशंसा पाएका छन् । ए मेरो हजुर २ बाट नेपाली सिनेमामा डेब्यू गरेका सलिनमानले यो सिनेमाबाट भने निकै राम्रो तारिफ कमाएका हुन् ।

यो सिनेमामा सलिनलाई दर्शकले समाजसेवी, प्रेमी र एक्सन अवतारमा देख्न सक्नेछन् । विशेषगरि, सलिनमानलाई दर्शकले यो सिनेमामा एक्सन अवतारमा रुचाएका छन् । अभिनेताले यसपटक एक्सनमा मिहिनेत पनि गरेका छन् ।
अभिनेता सलिनमान बनियाँ अभिनित यो सिनेमाले औषतको कारोबार गरिरहेको छ । तर, उनको कामलाई भने प्रशंसा नै प्रशंसा मिलेको छ । अभिनेता पनि प्रशंसाले फुरुङ्ग देखिएका छन् ।








