बोर्ड अध्यक्षको आदेशमा रोकियो कलंक
भारतमा आजदेखि रिलिज भएको सिनेमा कलंक नेपालमा भने रिलिज हुन सकेन । अरु बेलामा भएको भए अहिले यो सिनेमा रिलिज भएर नेपाली फिल्मका धेरै शोज कटौती भैसकेको हुन्थ्यो । तर, कलंक बुधबारदेखि नलाग्दा नेपालका अधिकांश मल्टिप्लेक्समा सिनेमा ए मेरो हजुर ३ को शोज उल्लेख्य रुपमा बढेका छन् ।

बुधबार सिनेमा रिलिज गर्दा नेपाली सिनेमाका निर्माता मर्कामा परेको भन्दै चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएको थियो । सोही पत्रलाई टेकेर बोर्ड अध्यक्ष केशव भट्टराइले कलंकको नेपाल रिलिज वुधबार रोकेका हुन् । यो सिनेमा शुक्रबारदेखि भने नेपालमा रिलिज हुनेछ । सिनेमा रिलिज नहुँदा यसको प्रत्यक्ष फाइदा ए मेरो हजुर ३ र यात्राले पाएका छन् ।
क्यूएफएक्स चेनमा पहिलो दिन ११ शोज पाएको सिनेमाले वुधबार १८ शोज पाएको थियो । बोर्ड अध्यक्षको यो कामको सिनेमा क्षेत्रले तारिफ गरिरहेको छ । केही हलवाला र वितरक भने यसको विपक्षमा देखिएका छन् ।
For More videos Log on to Mazzako TV







