गौरव र अनु को ‘पसिना’ को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । नयाँ बर्ष २०७६ को अवसर पारेर केहि दिन अघि मात्र चलचित्रको फर्स्ट लुक सार्बजनिक गरिएको थियो । मजदुरहरुको कथा व्यथा समेटिएको चलचित्र ‘पसिना’ को सार्बजनिक ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकार गौरव पहाडी,अनु शाह,सरोज खनाल,रबि गिरि,सुरजनी केसी,शिब शंकर रिजाल,सरोज अर्याल,सरिताराज उपाध्याय,जयनन्द लामालाइ मुख्य स्थान दिइएको छ ।
साहिल खानले काटेको ट्रेलर आकर्षक बनेको छ । आर. बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन,शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।
‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् । चलचित्रको ट्रेलर यसै साता सार्बजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ ।








