सिनेमा ए मेरो हजुर ३ बाट निर्माता सुनिलकुमार थापाले राम्रो शेयर लैजाने कुरामा त अब बहस गर्नु परेन । किनकी, बुधबारसम्म पनि सिनेमाको व्यापारमा कमी नआएपछि यसले केही हप्ता दर्शकलाई हलसम्म तान्ने पक्का छ । तर, सिनेमा किन चल्यो भनेर बहस गर्न भने सकिन्छ ।

आखिर, यो सिनेमा किन चल्यो ? करिब ६ महिनापछि यो भीड हलमा देखिएको हो । यसको मुख्यकारण यसको वर्ड अफ माउथ हो । सिनेमा हेर्ने दर्शकले यसलाई राम्रो भने । अर्कोेतिर, यो सिनेमा सबै दर्शकले हेर्न सके । जसकाकारण पनि सिनेमा चल्यो । सिनेमाबाट अभिनेता अनमोल केसी लभ स्टोरी कथामा फर्किए । कृ र क्याप्टेनमा केही फरक गरेका अभिनेताले आफ्नो लय समाते ।

दर्शकले उनको यो प्रस्तुतीलाई मन पराए । सिनेमा चल्नुको पछाडि यसको ब्रान्ड पनि हो । सिनेमाको नाम नै ब्रान्ड भैसकेको र यो सिनेमासँग दर्शकको भावना जोडिएको छ । निर्देशक झरना थापा पनि सिनेमा चल्नुको एक कारण हुन् । यस्तै, नव अभिनेत्री सुहाना थापाले पनि दर्शकलाई हलसम्म तानिन् ।

झरनाकी छोरी भनेपछि दर्शक हलमा आए । यस्तै, गीतसंगीत, ट्रेलर पनि सिनेमा हिट हुनुको अर्को कारण हो ।

For More videos Log on to Mazzako TV