बढ्दो मोटापन हामी नेपालीको चिन्ताको बिषय हुँदै आएको छ । तर धेरै युवाहरुको यही समस्या ले अब उनिहरु लाई खुशी दिने छ । नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुँदैछ ।

‘मिस्टर प्लस साइज नेपाल’ नामक सौन्दर्य प्रतियोगिताको लागी ‘मोडल सङ्स नेपालले’ आयोजना गर्न लागेको हो । जसमा ग्लोरी मिडियासँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न हुँदैछ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन पाउने छन्,। १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान आयोजकले तोकेको छ ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेको लागी अडिसन फाराम वितरण बैशाख २ गतेबाट प्रारम्भ भइसकेको आयोजका संस्थाले जानकारी दिएको छ ।

For More videos Log on to Mazzako TV