ए मेरो हजुर ३ को बम्पर कमाई
सिनेमा ए मेरो हजुर ३ ले ४ दिनमा बम्पर कमाई गरेको आँकडा निर्माताले दिएका छन् । निर्माता सुनिलकुमार थापाले उपलब्ध गराएको आँकडा अनुसार सिनेमाले बम्पर कमाई गरेको छ । यो सिनेमाले ४ दिनमा ४ करोड १ लाख ग्रस कलेक्शन गरेको छ ।

सिनेमाको यो व्यापार अभिनेता अनमोल केसीको करिअरकै अहिलेसम्मको उच्च हो । सिनेमा ए मेरो हजुर ३ ले शुक्रबार ७५ लाखको कलेक्शन गरेको छ । यस्तै, शनिबार सिनेमाले १ करोड १४ लाखको कलेक्शन गरेको छ । शनिबार भने सिनेमाले १ करोड ५० लाखको कलेक्शन गरेको छ । सिनेमाले सोमबार पनि ६२ लाखको व्यापार गरेको छ ।
यसरी हेर्दा सिनेमाले ४ दिनमा ४ करोड १ लाखको व्यापार गरेको निर्माताले बताएका छन् । सिनेमाको व्यापारको गती सोमबार र मंगलबार पनि कमजोर बनेको छैन । यसैले पनि सिनेमाले दोश्रो सातामा पनि राम्रो कमाई गर्ने अनुमान लगाइएको छ । सिनेमा ए मेरो हजुर ३ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका छ ।
सिनेमालाई झरना थापाले निर्देशन गरेकी हुन् भने सुनिलकुमार थापा सिनेमाका निर्माता हुन् ।