यात्रा निर्माताले भने अनमोललाई मेगास्टार
अहिले अभिनेता अनमोल केसीलाई मेगास्टार भनिन्छ । अभिनेता केसीलाई संचारकर्मी नरेश भट्टराइले राखिदिएको यो ट्याग अहिले भाइरल भैरहेको छ । युटुब कमेन्टमा त उनलाई मेगास्टार नै भनिन्छ । अभिनेता केसीलाई यात्रा सिनेमाका निर्माता तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले पनि मेगास्टारको ट्याग दिएका छन् ।

उनले ए मेरो हजुर ३ सिनेमा र यात्रा सिनेमा जुध्दा ए मेरो हजुर ३ को व्यापार माथि हुन्छ भन्ने आफूहरुलाई पहिले नै सोच भएको बताए । यसो भन्दा उनले ए मेरो हजुर ३ को ब्रान्ड र मेगास्टार भएको सिनेमा भनेर कारण दिएका छन् । उनले मेगास्टार अनमोल केसीका यसअघि रिलिज भएका सिनेमासँग जुध्न आउने सिनेमाको जस्तो हालत यात्राको नभएको पनि बताए ।
उनले सिनेमा यात्राले गरेको व्यापारबाट आफूहरु सन्तुष्ट पनि रहेको बताएका छन् । यात्रा सिनेमा र ए मेरो हजुर ३ जुधाउनुमा वितरकको हात रहेको उनको भनाई छ ।
For More videos Log on to Mazzako TV