नेपालमा पछिल्लो समय वेब सिरिज निर्माणको प्रचलन निकै बढ्दो छ । दशक अगाडी सिरियल टेलिभिजनको लागि मात्र निर्माण गर्ने गरिन्थ्यो तर पछिल्लो समय भने आफुले भन्न खोजेको कथालाई वेबमै रिलिज गर्न सकिन्छ । यसै क्रममा आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिज ‘डियर लभ’ को नयाँ वर्षको अवसर पारेर बिहिबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ ।

वेब सिरिज डियर लभको ट्रेलर रिलिज कार्यक्रममा प्रमुख अतिथीको रुपमा निर्माता तथमा कलाकार रमेश उप्रेती उपस्थीत भएका थिए । अभिनेता तथा निर्माता उप्रेती अहिले पहिलेको जस्तो कुनैपनि कलाकारले आफल्नो प्रतिभा देखाउन ठुलो पर्दाको सिनेमा अथावा टेलिभिजन सिरियलका अडिसन दिन नपर्ने भन्दै डियर लभका कलाकार तथा निर्माण टिमलाई सफलताको शुभकामना दिए । रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण भएको सिरिज रुबुशा च्यानल मार्फत प्रशारण हुनेछ । रविन बोगटीको पटकथा तथा संवाद लेखन रहेको सिरिजले युवा पुस्ताको माया, प्रेमप्रतिको महत्वलाई दर्शाईएको छ ।

विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रबिन बोगटी, रश्मि भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । ‘हामी सबै युवा त्यसैले पनि यो सिरिज खिच्न हामीलाई त्यती सहज थिएन’ यसका निर्माता रुक्माण लिम्बुले भने ‘हामीले कथाको भाव अनुसार प्रस्तुतीकरणमा कुनै पनि कन्जुस्याई गरेका छैनौ ।’ डियर लभमा रुपेश थापाको छायाँकन र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV