प्रकाशको निर्देशनमा स्वरुपराजको नदेखेको धेरैभयो
स्वरुपराज आचार्य र बिन्दु परियारको आवाजमा ‘नदेखेको धेरै भयो’ बोलको गीत युटुबमा सार्बजनिका गरिएको छ । दीपक शर्माको युटुब च्यानलमा रिलिज यस गीतमा संगीत पनि स्वंयम शर्माकै छ । यस गीतका गीतकार हुन् ईश्वर श्रेष्ठ र म्युजिक एरेन्जर नरेन्द्र वियोगी ।

उक्त गीतको भिडियो निर्देशन प्रकाश धिताले गरेका छन्। उत्सव दाहालको कोरियोग्राफी रहेको भिडियोमा महेश खड्का र इस्टु कार्कीले अभिनय गरेका छन् ।








