आज शुक्रबारदेखि नै रिलिज भएको सिनेमा यात्रालाई दर्शकले रुचाएका छन् । सिनेमाको कथावस्तुले यूवापुस्तालाई प्रभावित गर्ने दर्शकको प्रतिक्रिया छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको सिनेमामा सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राइको मुख्य भूमिका छ ।

सिनेमा यात्रालाई दर्शकले उत्कृष्ट भनेका छन् । सिनेमाले आज औषत ओपनिङ गरेको छ । सिनेमामा सुशिल पोखरेलको लगानी छ भने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई यसका कार्यकारी निर्माता हुन् । सिनेमाले लगानी उठाउनका लागि लामो रेशको व्यापार गर्न आवश्यक छ ।

दर्शकको सुखद प्रतिक्रियाले सिनेमाको व्यापारमा शनिबारदेखि प्रभाव पर्ने देखिन्छ ।

For More videos Log on to Mazzako TV