दाल भात तरकारी’, ट्रेलरले हँसाउँछ बेस्सरी (भिडियो)
२०७६ सालको बैशाख २० गते रिलिज हुने प्रतिक्षित फिल्म ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार हाँस्यप्रदान फिल्मको ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । यसअघि सार्वजनिक दुई गीतलाई दर्शकले मज्जाको प्रतिक्रिया दिईरहेका छन् । ट्रेलरबाट दाल भात तरकारीकै लागि विदेशिनु पर्ने बाध्यताको वरिपरी फिल्मको कथा घुमेको बुझ्न सकिन्छ ।

ट्रेलरमा हरिवंश आचार्य नीरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायत प्रस्तुत छन् । मह सञ्चारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् ।
यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि। गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।








