अभिनेत्री सुपुष्पा भट्टलाई सिनेमा रणवीरपछि राम्रै अफर आइरहेको छ । तर, उनले कुनै पनि सिनेमामा साइन गरेकी छैनन् । उनै सुपुष्पालाई नयाँ सिनेमा राजा साहेबबाट समेत अफर गएको थियो । तर, सुपुष्पाले यो सिनेमा नखेल्ने भएकी छन् ।

सुपुष्पाले आफ्नो परिक्षाको समय हुने भएकाले पनि यो सिनेमा खेल्न नपाएको बताएकी छिन् । सिनेमा रणवीरबाट डेब्यू गरेकी सुपुष्पाको सिनेमा असफल भएपनि राम्रै चर्चा भयो । यो सिनेमामा अभिनेता रमित ढुंगानाको मुख्य भूमिका छ ।

साथमा सिनेमामा जयकिशन बस्नेत, सुभाष मेचेको पनि मुख्य भूमिका रहनेछ ।

For More videos Log on to Mazzako TV