कस्तो छ ए मेरो हजुर ३ को बुकिङ ?
भोली शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा ए मेरो हजुर ३ ले कस्तो व्यापार गर्ला ? दर्शकको प्रतिक्षामा रहेको यो सिनेमाको बुकिङ खुलेसँगै टिकट काउन्टरमा दर्शकको उपस्थिती बलियो देखिएको छ । यो सिनेमालाई राजधानीको क्यूएफएक्सले ११ शोज दिएको छ ।

११ शोजमा दर्शकको चाप सुखद देखिएको छ । अभिनेता अनमोल केसीको क्रेज, सुहाना थापामाथिको आशा, ब्रान्ड सिनेमा, अभिनेत्री झरना थापाको निर्देशन, गीतसंगीत र प्रचार हाइपले सिनेमाको व्यापारमा ठूलो उछाल ल्याउन सक्ने देखिएको छ ।
सिनेमा ए मेरो हजुर ३ लाई शनिबार र आइतबार परेको बिदाले ठूलो फाइदा गर्ने देखिन्छ । किनकी, सिनेमाको शनिबारको बुकिङ पनि राम्रो भैरहेको छ ।
For More videos Log on to Mazzako TV







