निरुताले मिस गरेको ठूलो पल
अभिनेत्री निरुता सिंह बिरामी भएर अहिले मुम्बइमा छिन् । नेपालमा रहँदा नै उनलाई डेंगु भएको थियो । तर, मुम्बइमा उपचार गराउँदा मात्र उनी बिरामी भएको पत्तो लाग्यो । यसैले पनि उनी अहिले आफ्नो नयाँ सिनेमा दाल भात तरकारीको प्रचारमा सहभागी हुन पाएकी छैनन् ।

उनै निरुताले आफूले जीवनमा मिस गरेको सबैभन्दा ठूलो पल नै यो सिनेमाको प्रचार भनेकी छिन् । निरुताले यो सिनेमाको प्रचारमा आफू बिरामी भएर सहभागी हुन नपाएको पनि उल्लेख गरेकी छिन् । निरुताले यो सिनेमाको प्रचारका लागि आफू चाडै नै निको भएर सहभागी हुने विश्वास समेत राखेकी छिन् ।

अभिनेत्री निरुता सिंहकै मुख्य भूमिका रहेको यो सिनेमाको अहिले मोफसल यात्रा चलिरहेको छ । अभिनेत्री निरुता सिंह यो सिनेमाको प्रचारमा सहभागी हुन नपाउँदा दुखी भएको उनको स्टाटसले पनि थाहा हुन्छ ।
For More videos Log on to Mazzako TV







