अभिनेत्री ऋचा शर्माको प्रेम खबरले अहिले संचारमाध्यमलाई तताउँदै छ । लबिम मलका म्यानेजर समेत रहेका दिपेक्ष्य राणासँग उनको प्रेम रहेको र चाडै नै बिहे गर्न लागेको भन्ने खबर सार्वजनिक भैरहेको छ । दुइजनाविच आउँदो दशैंसम्ममा बिहे हुने पनि बताइएको छ ।

यी दुइविच बिहेको प्रसंग उठिरहेको समयमा दिपेक्ष्यसँगको बिहेको बिषयमा भने अभिनेत्री ऋचा शर्मा मौन नै छिन् । उनी सिनेमा लभ स्टेशन हेर्न जाँदा दिपेक्ष्यसँगको लभको बारेमा खासै बोलिनन् । संचारकर्मीले यो प्रश्न सोध्दा उनले बाई बाई भनेर हिडेकी थिइन् ।

जीवनमा उनी लभ लाइफको चर्चाले पनि रंगिने गरेकी छिन् । दिपेक्ष्यसँगको प्रेमको बारेमा ऋचाले चाडै नै मुख खोल्नेछिन्, आशा गरौ ।

For More videos Log on to Mazzako TV