सम्हालिन्छ कहिले मनको लण्डन सुटिङ सकियो
सिनेमा सम्हालिन्छ कहिले मनको लण्डन छायांकन सकिएको छ । यो सिनेमालाई लण्डनमा २ महिना लगाएर खिचिएको छ । सिनेमाको छायांकन लम्बिनुको कारण मौसमलाई मानिएको छ । मौसमका कारण सिनेमाको छायांकन केही अवधी लम्बिएको हो ।

सिनेमाको छायांकन सकेर निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ नेपाल आएका छन् । नेपाल आउँदा पूजा र आकाश निकै खुशी देखिए । निर्देशक थापाले सिनेमाको ९५ प्रतिशत छायांकन सकिएको बताएका छन् ।
बाँकी छायांकन नेपाल र भारतमा हुनेछ । त्रिकोणात्मक लभ स्टोरी कथामा बन्न लागेको यो सिनेमामा पूजा, आकाश र सोनम तोप्देनको मुख्य भूमिका छ । सिनेमालाई भदौमा रिलिज गर्ने तयारीमा यसका निर्माता लागेका छन् ।
For More videos Log on to Mazzako TV