युवा ज्योतिषी हरिहरले अभिनय गरेको फिल्म ‘शुभ लभ’ ले कमाल गर्न सकेन् । उनको पहिलो फिल्म ब्याबसायिक रुपमा असफल भयो । हरिहर पहिलो फिल्मबाट भाग्यमानी साबित हुन सकेनन् । नयाँ अनुहारकै बाहुल्यता रहेको फिल्ममा प्रेम कथालाई मुख्य विषय बनाइएको थियो । फिल्मको कथा अभिनेता तथा ज्योतिष हरिहर अधिकारी स्वयंले लेखेका हुन्  । शुभ लभले हालसम्म नेपाली फिल्ममा समावेश नगरिएको विषय उठान गरेको र कथामा नयाँपन भएको दर्शकहरूले प्रतिक्रिया दिए ।

हरिहर अर्काे फिल्ममा काम गर्ने पनि चर्चा छ । उनै हरिहरले आफ्नो सामाजीक सञ्जाल ईन्स्टाग्राममा पोष्ट गरेको एउटा तश्बिरले कौतुहलता बनाएको छ । एङग्री अवतारको उक्त तश्बिरले हरिहर अर्काे फिल्मको लागि नयाँ क्यारेक्टर त बनाइरहेका छैनन् ? भन्ने प्रश्न उब्जिएको छ ।

For More videos Log on to Mazzako TV