मोडल नीति शाहको नेपाली फिल्म प्रवेशलाई लिएर भैरहेको चर्चा आजको होइन । केही बर्षदेखि नीति शाहलाई नेपाली फिल्ममा ल्याउनका लागि निर्माताहरुले प्रयास नगरेका होइनन् । तर, यो संभव भएको छैन । उनै नीति शाहले ब्रान्ड बनिसकेको सिनेमा प्रेमगीत ३ का निर्माताले अफर गरेका छन् ।

सिनेमा लभ स्टेशन हेर्न हल पुगेकी नीतिले आफूलाई सिनेमा अफर आएको पनि बताएकी छिन् । उनले सिनेमाको कथा मन परेको र गर्ने संभावना पनि बढ्दै गएको बताएकी छिन् । तर, अहिले नै उनले सिनेमा गर्ने वा नगर्ने भन्ने स्पष्ट भएको छैन ।

नीति शाह र अभिनेता प्रदिप खड्काले डिस होमको विज्ञापनमा एकसाथ काम गरेका थिए । संभवत, प्रदिपले नै नीतिलाई सिनेमाका लागि अफर गरेका हुन् । सिनेमामा अभिनेता राजेश हमाललाई पनि अफर गरिएको छ ।

For More videos Log on to Mazzako TV