सिनेमा दाल भात तरकारीको कन्सर्ट सुरु भएको छ । चैत्रको २५ गतेदेखि यो सिनेमाको मोफसल यात्रा सुरु भएको हो । विर्तामोडबाट कन्सर्ट सुरु भएको छ । सोमबार विर्तामोडमा आयोजित कन्सर्टमा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो ।

कन्सर्टमा सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, विल्सन विक्रम राई सहभागी थिए । कार्यक्रममा गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले सिनेमाका हिट गीत गाएका थिए । सिनेमाको कन्सर्ट करिब २ साता चल्नेछ । नेपालभर नै सिनेमाको कन्सर्ट आयोजना हूँदैछ ।

पोखरामा वैशाख ४ र राजधानीमा वैशाख ९ मा कन्सर्ट हुनेछ । वैशाख २० गतेबाट रिलिज हुन लागेको सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV