अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ नयाँ लिरिकल गीत सार्वजनिक भएको छ । यहि शुक्रबार अर्थात चैत्र २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ‘सत्य भन्छु’ बोलको लिरिकल गीत सार्वजनिक भएको हो । गीतमा रवि मल्लको शब्द, कल्याण सिंहको संगीत र प्रताप दासको स्वर रहेको छ ।

फिल्ममा अनमोल केसी रकस्टार प्रेमको भूमिकामा छन् भने डेब्यु गर्ल सुहाना थापा फ्यानको भूमिकामा छिन् । फिल्ममा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ । यसमा निर्देशक झरना थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

For More videos Log on to Mazzako TV