सिनेमा ए मेरो हजुर ३ मा अभिनेता अनमोल केसी रक स्टारको भूमिकामा देखिएका छन् । यो सिनेमामा गायक बनेका अभिनेता केसी यसमा आफ्नो भावना जोडिएको बताउँछन् । अभिनेता केसीको भावना यो सिनेमामा जोडिनुको कारण विशेष छ ।

अभिनेता केसी पढाइमा भन्दा गायनमा बढी अब्बल थिए । होस्टेल बसेर पढ्दा अनमोल केसीको एउटा व्याण्ड पनि छ । व्याण्डमा गाउने गरेका अभिनेता केसी नेपाली सिनेमाको पर्दामा पनि यस्तै भूमिका गर्न चाहन्थे । तर, उनले यो अवसर पाएका थिएनन् । तर, सातौ सिनेमासम्म आइपुग्दा भने अनमोलको कथा सिनेमाको पर्दामा देखिने भएको छ ।

अभिनेता केसीले आफूले सातौ सिनेमामा यस्तो भूमिका गर्न पाउँदा खुशी लागेको बताए । झरना थापा निर्देशित सिनेमामा अभिनेता अनमोल केसी स्टार र घनश्याम पात्रको भूमिकामा देखिएका छन् । चैत्र २९ गतेबाट यो सिनेमा रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV