आमा सरस्वती मुभिजले अहिले अन्य निर्देशकसँग पनि टाइअप गरेर काम गर्न थालेको छ । दिपाश्री निरौलाको निर्देशनमा ३ वटा सिनेमा बनाएपछि अहिले यो ब्यानरले निर्देशक दिपेन्द्र लामालाई लिएर सिनेमा बनाइरहेको छ ।

यस्तै, यो सिनेमा रिलिजपछि निर्माता दिपकराज गिरी र उनको टिमले नयाँ निर्देशक लिएर सिनेमा बनाउने भएको छ । सिनेमा मिसन पौसाका निर्देशक सिमोस सुनवारसँग यो टिमले टाइअप गरेको छ । कमेडी कथामा नै बन्ने सिनेमालाई दशैपछि छायांकन गर्ने तयारी गरिएको छ । निर्माता दिपकराज गिरीले पनि सिनेमामा सिमोस सुनवारसँग काम गर्न लागेको बताएका छन् । अहिले अरु कुनै पनि कुरा अगाडि बढेको छैन ।

एकपछि अर्को सिनेमा बनाउने योजना अनुसार काम गर्न लागेको दिपकको भनाई छ । निर्माता रोहित अधिकारीले बनाउन लागेको सिनेमाको छायांकन वैशाखबाट सुरु हुँदैछ ।

For More videos Log on to Mazzako TV