‘क्याप्टेन’ लाई बेलायतमा मज्जाको प्रतिक्रिया

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बेलायतमा प्रर्दशन भइरहेको छ । नेपाल रिलिजपछि क्याप्टेन बेलायतमा प्रर्दशनमा ल्याइएको हो । बेलायत शोको लागि अनमोल र निर्माता भुवन केसी पुगेका थिए ।

बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा गरिएको प्रिमियरमा डा. दुर्गा बहादुर सुवेदी, गायिका मिरा राणा, गायक योगेश्वर अमात्य, सितु खरेल, नायक ध्रुव दत्त, नायिका दिया पुन, यादव श्रेष्ठ लगायत करिब तीन सय दर्शक सहभागीता रहेको थियो । फुटबल खेलमा आधारित पारिवारिक फिल्म क्याप्टेनलाई बेलायतमा मज्जाको प्रतिक्रिया मिलेको छ ।

फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV







