जसिताले रातो टिका निधारमा किन छाडिन् ?
अभिनेत्री जसिता गुरुङले निर्देशक अशोक शर्माले निर्देशन गर्न लागेको सिनेमा रातो टिका निधारमामा काम गरिनन् । जसिताले यो सिनेमामा काम नगरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यो सिनेमामा काम गरेकी छिन् ।

जसिताले पारिश्रमिकमा चित्त नवुझेपछि यो सिनेमा नगरेको भन्ने चर्चा छ । तर, जसिताले भने आफूले पारिश्रमिकका कारण यो सिनेमा नछाडेको बताएकी छिन् । उनले, सिनेमाको कथा आफूलाई मन परेको पनि बताइन् । तर, सिनेमामा आफ्नो भूमिका आफूले गर्न सक्छु भन्ने आत्मविश्वास अहिले नभएर सिनेमा छाडेको उनले बताइन् ।
उनले, सिनेमामा रहेको आफ्नो भूमिका अहिले नै निर्वाहा गर्न सक्ने अवस्थामा आफू नरहेकाले सिनेमा नगरेको बताइन् । सिनेमा साम्राज्ञीले गरेपनि आफू खुशी रहेको उनको भनाई छ ।
For More videos Log on to Mazzako TV