अभिनेता प्रदिप खड्कालाई उनको नयाँ रिलिज सिनेमा लभ स्टेशनलाई लिएर आएको समिक्षाले खासै चित्त वुझाएको छैन । किनकी, सिनेमाको समिक्षा नकारात्मक आउँदा उनको सिनेमाको व्यापारमा समेत असर परेको छ । यसैले पनि प्रदिपले समिक्षसँग गुनासो गर्दै आफू र आफ्नो फिल्मलाई ढाल्न, सक्न आक्रामण गरिएको बताएका छन् ।

प्रदिपले यो समिक्षा नभई सिनेमालाई ढाल्नका लागि आएको प्रतिक्रिया बताएका छन् । प्रदिपले समिक्षकलाई समिक्षा गर्न एक साता कुर्न पनि भनेका छन् । उनले, सिनेमाको समिक्षा सिनेमा चलेको एक सातापछि बिहिबार बेलुकी गर्नुपर्ने पनि बताएका छन् ।

प्रदिपले समिक्षा फिल्मीकर्मीसँग छलफल गरेर गरिनुपर्ने पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV