सिनेमा दाल भात तरकारीको मोफसल टुरको आयोजना हुने भएको छ । चैत्र २५ गतेबाट सिनेमाको मोफसल टुर आयोजना गर्न लागिएको हो । चैत्र २५ गते विर्तामोडमा सिनेमाको कन्सर्ट हुनेछ ।

यस्तै, चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा बुटवल, बैशाख १ मा नेपालगञ्ज, वैशाख २ मा दाङ, वैशाख ४ मा पोखरा र वैशाख ९ मा काठमाण्डौमा सिनेमाको मोफसल टुर हुनेछ ।

यो टुरमा सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्का, गायिका जुनु रिजाल सहभागी हुनेछन् । सिनेमा वैशाखको २० गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV