चैत्र २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ को अर्काे गीत सार्वजनिक भएको छ । दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द, मेलिना राईको स्वर रहेको ‘डुली डुली’ बोलको गीत रिलिज भएको हो । गीतमा प्रतिक र कोविद बज्रले संगीत भरेका हुन् । गीत नवनायिका मलिका महतमा केन्द्रित गरिएको छ । फिल्मका अन्य कलाकारहरु सलिनमान बनिया, जान्वी बस्नेत, रेअर राई, विशाल कटवाल, प्रेक्षा बज्राचार्य गीतमा प्रस्तुत छन् ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।

फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

For More videos Log on to Mazzako TV