राजधानीको कुमारी हलमा ३ सिनेमा देखाइएको छ । ३ फरक समयमा सिनेमा प्रदर्शन गरिएको हो । चलचित्र संघको आयोजनामा आयोजित चलचित्र महोत्सवमा ३ सिनेमा प्रदर्शन भएका हुन् । प्रदर्शन गरिएका सिनेमामा छक्का पन्जा ३, लुट र सानो संसार छन् । यी तिन सिनेमाले फरक फरक समयमा बम्पर कारोबार गरेका थिए ।

सानो संसारले अभिनेत्री नम्रता श्रेष्ठलाई स्टार बनाएको थियो । यस्तै, लुटले दयाहाङ राई र सौगात मल्ललाई स्टार बनाएको थियो । छक्का पन्जा ३ सबैभन्दा बढी कमाउने नेपाली फिल्म हो । यी तिन सिनेमा प्रदर्शन गर्नुको कारणबारे बोल्दै चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले फिल्मीकर्मीलाई यी तिन सिनेमा किन हिट भए भनेर वुझाउन कार्यक्रम गरिएको बताए ।

कस्ता सिनेमा बनाएको खण्डमा दर्शकले मन पराउँछन् भनेर यो कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

For More videos Log on to Mazzako TV