दीपिकाको हातमा फिल्म
अभिनेत्री दीपिका प्रसाँइको हातमा नयाँ सिनेमा हात परेको छ । उनले नयाँ सिनेमा हेल्लो जिन्दगीमा काम गर्ने पक्का भएको जानकारी दिएकी छिन् । दीपिका प्रसाई यो सिनेमामा अभिनेत्रीको भूमिकामा देखिदैछिन् । यो सिनेमामा अभिनेत्री स्वेता खड्का फाइनल भैसकेकी छिन् ि।

स्वेता खड्का सिनेमामा खलपात्रको भूमिकामा देखिन लागेको वुझिन्छ । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्न लागेको सिनेमाको छायांकन लण्डनमा हुँदैछ । सिनेमाका सबै कलाकारको भिसा नआइसकेकाले पनि यसको टिमले केही पनि बताउन चाहेको छैन ।
सिनेमाको घोषणा नेपालमा गर्ने तयारी गरिएतापनि अभिनेता विक्की जोशी नेपाल आउन नभ्याएपछि यो सिनेमाको घोषणा हुन नसकेको हो ।
For More videos Log on to Mazzako TV







