भोली शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा लभ स्टेशनमाथि हल संचालकहरु आशावादी देखिएका छन् । यसैले पनि सिनेमालाई मप्टिप्लेक्समा उच्च शो मिलेको छ ।

क्यूएफएक्सको ५ वटा हलमा यो सिनेमालाई १९ शो मिलेको छ । साइँली सिनेमालाई पनि क्यूएफएक्सले १९ शो दिएको थियो । यो बाहेक अन्य मल्टिप्लेक्समा पनि सिनेमालाई उच्च शो मिलेको छ । यसैले पनि सिनेमाको व्यापार राम्रो हुने अनुमान लगाइएको छ ।

उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको सिनेमालाई गोविन्द शाहीले निर्माण गरेका हुन् । सिनेमामा अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV