राप्रपा संयुक्तकी केन्द्रीय सदस्यसमेत रहेकी नायिका रेखा थापाको बुधबार फेसबुकमा लेखेको स्टाटस अहिले चर्चामा छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ को प्रसङ्गमा उनले राखेको धारणा ले गतल बुझाइ दिएको भनेर उनले गुनासो गरेकी छिन् । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’बारे बोल्दा उनलाई सोही पार्टी प्रबेश गरेको आरोप लागेको थियो ।

उनले बिहीबार बिहान आफ्नो फेशबुकमा लामो स्टाटस राखेर बिप्लब प्रतिको धारणा र जनमानसमा आफ्नो भनाइ लाई स्पस्टिकरण दिएकी छिन्।


उनको स्टाटस यस्तो छ :

मैले पाउने माया, पहिचान, आफ्नोपन, जिम्मेवारी र अनुशासन मेरो समाजको नासो हो। सार्वजनिक सम्पत्ती ठान्छु आफ्नो जीवन। तर मेरो बिचार , रोजाइ र मत भने एउटा अर्को कोही पनि ब्यक्ती भन्दा बढी र कम छैन। परिचित नाम हुनुको फाईदा स्वरुप म आफ्नो मातृभूमीमा असल र खराब बिषय बारे आफ्नो मत राख्दछु।

जो मलाई आफु, समाज, पार्टी वा सरकार भन्दा ठुलो लाग्छ, मातृभूमीमा। म जस्तो धेरै अरुले पनि आफ्नो मत र विचार राख्दछन। तर कहिले काही मेरो पवित्र इरादा बङ्याएर बुझ्ने पनि गरिन्छ। एयर्पोर्टमा मजदुरको सामान खोसिँदा म बोले, विप्लव माथिको प्रतिबन्धको बिरोध गरेकै हो, एनसेलले नतिरेको ७२ अर्ब आम नेपालीको पैसा हो र असुल गर्नुपर्छ भन्ने हो नै।

पत्रीका र संचार माध्यम हेर्नुस्, म मात्रा होइन न्यायको पक्षमा हजारौ मान्छे छन्। तर मेरो नामबाट समाचार बिकाउने नाममा मेरो राजनीतिक सङ्लग्नता, आस्था, सहयोग र समर्थनको फैसला गर्ने तपाईंलाई छुट छैन। मेरो पार्टी, मेरा सहकर्मी, मेरो अडान र मत बारे सस्तो र आधारहिन लेखन नगर्नुहोस।

बिप्लव माथिको प्रतिबन्धको आलोचना गर्दा माधव नेपाल पवित्र अनी म चाँही पार्टी परिवर्तन गरेको देखिने ? डा. बाबुराम भट्टराईले त्यही कुरा भन्दा उनी नयाँ शक्तिका हुने म चाँही राप्रपा नहुने ? यो सेक्सिष्ट हो वा विप्लवमाथि तपाईंहरुको पुर्वाग्रह ?’

For More videos Log on to Mazzako TV