नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यसै चैत २१ देखि २४ गतेसम्म काठमाडौंमा हुने भएको छ । उक्त महोत्सव ले सातौं संस्करण गर्दै छ । महोत्सव रसियन सेन्टर अफ साइन्स अफ सेन्टरमा सञ्चालन हुँदैछ । जसलाई मानव अधिकार चलचित्र केन्द्रले आयोजनामा गर्दैछ । महोत्सवको शुरुवात जर्मनी फिल्म ‘द मार्च अफ होप स्काई’ बाट गरिनेछ ।

विश्वभरीबाट खुला आवेदन मार्फत आएका चलचित्रहरु छनोट गरी मानव अधिकारका विषयमा निर्माण भएका ८१ वटा वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनलागयतका चलचित्र प्रदर्शन गरिने छन् । नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शनका लागि छनोट गरिएको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए । चलचित्र महोत्सवले राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघ(युएन), युनएचसीआरसँग सहकार्यको गरेको छ । चलचित्र प्रर्दशनसँगै महोत्सवमा अन्तर्क्रियाको कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा बिस्वका बिभिन्न आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण विस्थापित भएकाहरुको कथामा आधारित फरक फिल्महरुलाई प्राथमिकतामा राखिएको छ । त्यस्तैगरी सामाजिक रुपमा अधिकारबाट वञ्चित महिला, दलित,अल्पसंख्यक र पिछडिएका समुदायका कुन्ठालाई उजागर गरेका चलचित्र पनि प्रदर्शन हुनेछ ।

For More videos Log on to Mazzako TV