अभिनेता प्रदिप खड्का शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा लभ स्टेशनका लागि दौडधुप गरिरहेका छन् । उनको व्यस्तता देख्दा लाग्छ, उनी सिनेमाको कामलाई गम्भिर रुपमा लिन्छन् । यो कुरा सुखद पनि हो । प्रदिपका लागि यो सिनेमा चल्नुपर्छ भनिन्छ ।

किनकी, उनको यो बर्ष नै रिलिज भएको रोज सिनेमाको असफलताले उनलाई धक्का लागेको छ । प्रदिप सिनेमाको व्यापार भन्दा पनि दर्शकको प्रतिक्रिया आफूलाई चाहिने बताउँछन् । सिनेमा हेरेर दर्शकले मन पराइदिएको खण्डमा त्यसले आफूलाई प्रभाव पार्ने प्रदिपले बताएका छन् । उनले, सिनेमा लभ स्टेशनमा आफू फिल्मी पारामा देखिएको पनि बताएका छन् ।

Image may contain: 13 people, including Jassita Gurung, people smiling, crowd and outdoor

चैत्र २२ गते रिलिज हुने सिनेमाको प्रचारमा प्रदिपको व्यस्तता अरु कलाकारले डाहा गर्ने खालको छ ।

For More videos Log on to Mazzako TV