अभिनेता अनमोल केसी आज बेलायत जाँदैछन् । उनी, सिनेमा ए मेरो हजुर ३ को प्रमोशनको दौडमा किन बेलायत उड्न लागेका हुन् ? अनमोल अप्रिल ६ तारिखमा आयोजना हुन लागेको फिल्म क्याप्टेनको यूके प्रदर्शनका लागि त्यता जान लागेका हुन् ।

अनमोलसँगै अभिनेता भूवन केसी पनि यूके पुग्दैछन् । फागूण १७ गतेबाट नेपालमा रिलिज भएको सिनेमा क्याप्टेनलाई दर्शकले रुचाएका थिए । यसैले पनि सिनेमा क्याप्टेनले बेलायतमा राम्रो व्यापार गर्ने विश्वास अनमोल र भूवनको छ ।

अनमोल र भूवनको उपस्थितीले दर्शकको चाप बढ्नेमा यूके आयोजक पनि विश्वस्त छ ।

For More videos Log on to Mazzako TV