अभिनेता मात्र होइन, यसपटक सिनेमा लभ स्टेशनका निर्माता पनि हुन् प्रदिप खड्का । प्रदिप खड्का यही कारणले पनि होला यसपटक खुबै दौडधुप गरेका छन् ।

शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा लभ स्टेशनका मुख्य अभिनेताको दौडधुप हेर्दा उनी यो सिनेमाबाट धेरै आशावादी छन् भन्ने लाग्छ । अभिनेता प्रदिप खड्काले कुराकानी नगरेको सायदै युटुब च्यानल होला, सायदै टीभी वा पेपर होला । उनी विभिन्न कार्यक्रममा पनि पुगिरहेका छन् ।
प्रदिपको यो खालको सेड्यूलले उनी भित्रको उर्जा भने मापन गर्न सकिन्छ ।

लभ स्टोरी कथामा बनेको सिनेमा लभ स्टेशनमा उनको जोडीको रुपमा जसिता गुरुङलाई देख्न सकिन्छ । प्रदिप यो बर्ष नै रिलिज भएको सिनेमा रोजले भने राम्रो ब्यापार गरेन् । लभ स्टेशनले भने राम्रो ब्यापार गर्नेमा उनि बिस्वस्त छन् ।

For More videos Log on to Mazzako TV