अभिनेत्री खुश्वु खड्का लामो समयदेखि खाली बसिरहेकी थिइन् । तर, अब भने उनलाई एउटा सिनेमाको काम मिलेको छ । अभिनेत्री खुश्वुले काम गर्न लागेको नयाँ सिनेमाको नाम रातो टिका निधारमा हो ।

यो सिनेमाका लागि खुश्वुलाई निर्देशक अशोक शर्माले फाइनल गरेका छन् । सिनेमामा आफू फाइनल भएको र यो टिमसँग जोडिन पाउँदा उत्साहित रहेको खुश्वुले बताइन् । सिनेमाका लागि अशोकले अभिनेत्री नीता ढुंगाना र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गरिसकेका छन् ।

सिनेमामा ३ जना अभिनेत्री पक्का भएका छन् ।

For More videos Log on to Mazzako TV