पलँसग रोमान्टिक बर्षा
अभिनेत्री बर्षा सिवाकोटीसँग अभिनेता पल शाह रोमान्टिक देखिएका छन् । फिल्म विर विक्रम २ को एउटा गीतमा उनीहरु रोमान्टिक देखिएका हुन् । यो फिल्ममा समावेश दोश्रो गीत बाचा छ कि सार्वजनिक गर्ने तयारीमा यसका निर्माता छन् । सिनेमाको यो गीतको भिडियोलाई भियतनाम पुगेर खिचिएको हो ।

सिनेमामा अभिनेता पल शाह र अभिनेत्री बर्षा सिवाकोटीको साथमा कलाकार नाजिर हुसेन पनि छन् । सिनेमालाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । सार्वजनिक गर्न लागिएको गीतमा ताराप्रकाश लिम्बु र दिपा लामाको स्वर, ताराकै संगीत र नरेश भट्टराइको शब्द छ । सिनेमा जेठको ३ गतेबाट रिलिज हुँदैछ ।