सिनेमा भैरे बनाएको टिमले बनाउन लागेको नयाँ सिनेमाका लागि अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छिन् । आइतबार सिनेमाको निर्माण टिम र प्रियंकाविच टिमअपको संझौता भएको हो ।
सिनेमाको नाम चलखेल राखिएको छ । यो सिनेमालाई एभरेष्ट सूर्य बोहराले निर्देशन गर्दैछन् । यो सिनेमालाई कमेडी कथामा बनाउने बताइएको छ । सिनेमामा सूर्यकै कथा छ । सिनेमालाई निर्माता लेखबहादुर पुनले निर्माण गर्दैछन् । सिनेमालाई जिरी, काठमाण्डौ, मनाङमा छायांकन गरिनेछ । सिनेमालाई कमेडी भन्दा पनि ब्यङ्गात्मक बनाउने तयारी निर्माताको छ ।

अभिनेत्री प्रियंका कार्कीको सिनेमा हेर्ने दर्शक घटिरहेको समयमा यो सिनेमाले उनको क्रेज उकास्ने विश्वास गरिएको छ ।

For More videos Log on to Mazzako TV